कृषि प्रगति सफ्टवेयर प्रणाली कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको निम्ति विकास गरिएको एक सफ्टवेयर प्रणाली हो । यो सफ्टवेयरले कोशी प्रदेशका जिल्लास्तरीय कृषि उत्पादन तथ्यांक, सेवा प्रदायक विवरण र प्रगति विवरणका तथ्यांकहरूको व्यवस्थित व्यवस्थापन र प्रतिवेदन निर्माणमा सहयोग पुर्याउँछ । जिल्लास्तरीय प्रयोगकर्ताद्वारा डाटा प्रविष्टिका साथ कृषि विकास निर्देशनालयले व्यवस्थापक भूमिकाबाट डाटा कम्पाइल गरी प्रतिवेदन निर्माण, र आवश्यक प्रगति विवरणको तयार गर्ने क्षमता यस प्रणालीको मुख्य विशेषताहरू हुन् । यसले प्रदेशको कृषि योजना तथा निर्णय प्रक्रियालाई प्रभावकारी र दक्ष बनाउने लक्ष्य राख्दछ ।

